कार्यविवरण

  • कृषि थोक बजार, संकलन केन्द्र, हाट बजार तथा खुद्रा बिक्री कक्ष निर्माण, सुधार तथा विकास सम्बन्धी कार्यहरु।
  • शित भण्डार विकास तथा प्रवद्र्धन सम्बन्धी कार्यहरु।
  • कृषि बजार, संकलन केन्द्र, बजार पूर्वाधार र तालिम केन्द्रहरुको विकास, विस्तार तथा सञ्चालन सम्बन्धी कार्यहरु।
  • प्रादेशिक खाद्य सुरक्षा र पोषण (खाद्यान्न, दलहन, तरकारी, फलफुल आदि) खाद्य अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर सम्बन्धी कार्यहरु।
  • कृषि बजार, पूर्वाधार र पशुपन्छी फार्म केन्द्रहरुको विकास, विस्तार तथा सञ्चालन सम्बन्धी कार्यहरु ।
  • कृषि सम्बन्धी संघीय, अन्तरप्रादेशिक, स्थानीय तहहरु, तथा अन्य विभिन्न सरोकारवाला संघ संस्थाहरुसँग समन्वय र सहकार्य सम्बन्धी कार्यहरु ।
  • आर्थिक महत्वका स्थानीय बालीनालीको आनुवंशिकी श्रोत संरक्षण सम्बर्द्धन र उपयोग सम्बन्धी कार्य गर्ने।
  • कृषि उपजहरुको मूल्य निर्धारण सम्वन्धी प्रादेशिक मापदण्ड,कानून र नियमन सम्बन्धि सुझाव।
  • कृषि तथा खाद्य सम्वन्धी संघीय तथा अन्तर्राष्ट्रिय प्रत्यायानप्रमाणीकरणप्रयोगशालाको विकास सम्वन्धी मापदण्ड तर्जुमा र निमयन सम्वन्धी कार्यहरु।
  • स्थानीय बाली र वस्तुको मौलीक ज्ञान(Indigenous Knowledge) को संरक्षण, सम्बद्र्धन एवं सदुपयोग गरि कृषि विविधिकरणमा जोड दिने सम्बन्धी कार्यहरु।
  • जैविक विविधता संरक्षणमा स्थानीय समुदायको अग्रसरतालाई प्रोत्साहन।
  • कृषि क्षेत्रमा जलवायु परिवर्तन असर न्यूनीकरण तथा अनुकूलन कार्य सम्वन्धी कार्यक्रमहरुको प्रवर्द्धन।
  • खाद्य वस्तु गुण निर्धारण तथा नियन्त्रण सम्बन्धि गर्ने।
  • जलवायु परिवर्तनका कृषि क्षेत्रमा असरबारे अध्ययन, अनुसन्धानको व्यवस्था।खाद्य प्रविधि सम्वन्धी अनुसन्धान र विकासमा समन्वयगर्ने।
  • कृषि व्यवसायमा लागत मुल्य कम गर्न यान्त्रीकरण प्रवर्द्धन गर्दै व्यवसायिकरण र औद्योगिकरणमा जोड दिने।
  • कार्यालयमा आईपरेका नियमित कार्यक्रमहरुमा सहजिकरण गर्ने।

 

क) कृषि व्यवसाय प्रवर्द्धन तथा बजार बिकास शाखा

  • सूचनाको विषयगत क्षेत्र बढाउने, थोक, फार्मगेट मूल्य आदिको विश्लेषण सम्बन्धी कार्यहरु।
  • कृषि थोक बजार, संकलन केन्द्र, हाट बजार तथा खुद्रा बिक्री कक्ष निर्माण, सुधार तथा विकास सम्बन्धी कार्यहरु।
  • शित भण्डार विकास तथा प्रवद्र्धन सम्बन्धी कार्यहरु।
  • कृषि बजार सम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन, तथ्याङ्क संकलन प्रणालीको व्यवस्थापन सम्बन्धी कार्यहरु।
  • कृषि बजार, संकलन केन्द्र, बजार पूर्वाधार र तालिम केन्द्रहरुको विकास, विस्तार तथा सञ्चालन सम्बन्धी कार्यहरु।
  • कृषि उपजहरुको मूल्य निर्धारण सम्वन्धी प्रादेशिक मापदण्ड,कानून र नियमन सम्बन्धि सुझाव।
  • कृषि तथा पशु पन्छीजन्य उत्पादनको संकलन प्रवर्द्धन,भण्डारण नियमन मापदण्ड र कानून
  • कृषि पर्यटन अन्तर्गत स्थानिय कृषि उत्पादनलाई प्रवर्द्धन, रोजगारी सृजना गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने।

ख) खाद्य सुरक्षा प्रवर्द्धन शाखा

  • खाद्य तथा पोषण सुरक्षाका दृष्टिकोणबाट संवेदनशील र खाद्यान्न उत्पादन न्यून हुने क्षेत्रहरुमा स्थानीयस्तरमा उत्पादन हुन सक्ने कृषि उपजको उत्पादन तथा उपयोग गर्न विशेष कार्यक्रमको व्यवस्था।
  • कृषि तथा खाद्य सम्वन्धी संघीय, अन्तर्राष्ट्रिय प्रत्यायानप्रमाणीकरणप्रयोगशालाको विकास सम्वन्धी मापदण्ड तर्जुमा र निमयन सम्वन्धी कार्यहरु।
  • खाद्य तथा पोषण सुरक्षा अन्तर्गत सिमान्तकृत कृषकहरु लागि करार खेतीमा प्रोत्साहन गर्ने।
  • खाद्य सुरक्षा संवेदनसिलताका आधारमा जिल्ला वर्गीकरण सहित mission program संचालन गर्ने।

ग) कृषि जैविक विविधता तथा जलवायु परिवर्तन शाखा :

  • स्थानीय बाली र वस्तुको मौलीक ज्ञान(Indigenous Knowledge) को संरक्षण, सम्बर्द्धन एवं सदुपयोग गरि कृषि विविधिकरणमा जोड दिने सम्बन्धी कार्यहरु।
  • जैविक विविधता संरक्षणमा स्थानीय समुदायको अग्रसरतालाई प्रोत्साहन।
  • कृषि जैविक विविधतामा आधारीत उत्पादन वृद्धि, रोजगारी एवं आयमुलक कार्यक्रमहरु सञ्चालन गर्न प्रोत्साहन गर्दै तत्सम्बन्धी बजार तथा उद्योग व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्ने ।
  • कृषि क्षेत्रमा जलवायु परिवर्तन असर न्यूनीकरण तथा अनुकूलन कार्य सम्वन्धी कानून, मापदण्ड र नियमन।
  • जलवायु परिवर्तनका कृषि क्षेत्रमा असर बारे अध्ययन, अनुसन्धानको व्यवस्था।
  • कृषि जैविक विविधता तथा जलवायू अनुकुलन प्रविधिको विकास तथा प्रसार।

घ) खाद्य प्रविधि शाखा :

  • खाद्य प्रविधि सम्वन्धी अनुसन्धान र विकासमा समन्वयगर्ने।
  • खाद्य वस्तु गुणस्तर मापदण्ड, प्रयोगशालाको मापदण्ड र नियमन सम्वन्धी कार्य।
  • खाद्य गुण नियन्त्रण तथा दाना गुण नियन्त्रण सम्बन्धी कार्यहरु।
  • खाद्य तथा कृषि सम्वन्धी क्वारेन्टाइन प्रकृया सामान्जस्यता गरी आयात प्रकृया व्यवस्थापनमा समन्वय ।